परियोजना अनुगमन तथा समन्वय समितिका लागी हेफर आधारशिला « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

परियोजना अनुगमन तथा समन्वय समितिका लागी हेफर आधारशिला

Please follow & like us :)

May 18, 2023: Dang हेफर प्रोजेक्ट नेपाल, गढवा गाँउपालिका र ग्रामीण महिला उत्थान केन्द्र दाङ द्धारा संचालन भईरहेको कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता साझेदारी बिकास परियोजना अन्र्तगत गढवा गाँउपालिकामा गठन गरिएको परियोजना अनुगमन तथा समन्वय समितिका लागी ३दिने हेफर आधारशिला तालिम मिति २०७९ चैत्र १६ गतेदेखी १८गतेसम्म बर्दिया जिल्लाको ठाकुरद्धारामा सम्पन्न भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्रले कृषि र पशुपालन बाट नै समुदायलाई आत्मनिर्भर तुल्याउने उद्देश्यले हेफर आधारशिला तालिम दिएको हो । आर्थिक समृद्धिका लागी साझेदारी कार्यक्रम अन्र्तगत “भोकालाई एक छाक भोजन होईन जिउने जुक्ति सिकाउ” भन्ने मुल नाराका साथ ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा गढवा गाँउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा तालिम संचालन गरिएको हो ।

तालिममा गाँउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, उपाध्यक्ष शारदा चौधरी, प्रमुख प्रशासकिय अधिकृत आशिष चौधरी, कार्यपालिका सदस्यहरु, कृषि शाखा, पशु शाखा, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सकृय सहभागिता रहेको थियो । तालिममा नेतृत्व, नेतृत्वशैली, स्व—नेतृत्व र सहज जिवनयापनाका लागी १२वटा महत्वपुर्ण आधारशिलाहरु (उपहार प्रदान, उत्तरदायित्व, बाडिचुँडी उपभोग र मिलिजुली स्याहार, दिगोपन र आत्मनिर्भरता, पशु तथा स्रोतको उचित ब्यवस्थापन, पोषण स्वास्थ्य र आय—आर्जन, लैगिंक तथा परिवार केन्द्रबिन्दु, बास्तबीक आवश्यक्ता र न्याय, बातावरण सुधार, पुर्ण सहभागिता तालिम, शिक्षा र संचार र आध्यात्मीकता) स्रोत साधनको पहिचान, ब्यवस्थापन परिचालन र संरक्षण कसरी गर्ने लगायतको बिषयमा प्रशिक्षण दिएइको थियो ।

click the links bellow to see the NTV broadcast news on this activity

https://www.facebook.com/100008560593830/videos/1589137958252406/

तालिम अबधिभर हेफर प्रोजेक्ट नेपालका कार्यक्रम निर्देशक श्री दुर्गा के.सी., ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष श्री आसमानी चौधरी, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत श्री महेश आर्चाय को पनि गरिमामय उपस्थिीती रहेको थियो भने उक्त तालिमको सहजीकरण राजकुमार पाण्डेले गर्नुभएको थियो । सो तालिममा महिला, पुरुष, जनजाती, ब्राहमण, क्षेत्री, दलित र अन्य गरी जम्मा ४३ जनाको सहभागीता रहेको थियो ।

 

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022747