थ्रि जिरो क्लब सम्बन्धी भर्चुअल अभिमुखिकरण « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

थ्रि जिरो क्लब सम्बन्धी भर्चुअल अभिमुखिकरण

Please follow & like us :)

September 20, 2023: देश बिकासमा युवाहरुको सक्रिय सहभागीता र प्रतिनिधित्व गराउने उद्देष्यले अहिले बिश्वभर थ्री जिरो क्बल गठन हुदै आएको छ । बिश्वभर बाट १७वटा सपोर्ट संस्था, ५७ जना सपोर्ट पर्सन मार्फत १ हजार २ सय ९० वटा क्लबहरु थ्री जिरो को वेवसाईटमा दर्ता भईसकेका छन् यस मध्ये नेपाल बाट जम्मा ४ सय ६८ वटा थ्री जिरो क्लबहरु गठन भएका छन् ।
नोबेल शान्ति पुरस्कार बिजेता प्रोफेसर मोहम्मद युनुसले ल्याएको अवधारणा शुन्य कार्वन उत्सर्जन, गरिबी उन्मुलनका लागि शुन्य धन एकाग्रता र सबैमा उद्यमशिलता जारी गरेर शुन्य बेरोजगारी सिर्जना गर्नु हो । बिशेषतः युवाहरुलाई हाम्रो समयको सबैभन्दा महत्वपुर्ण सामाजिक र बाताबरणीय समस्याहरु समाधान गर्न उद्यमशिलताको भावनाले सोच्ने, सिर्जना गर्ने र नेतृत्व गर्न प्रेरित गर्नु नै थ्री जिरो क्लबको परिकल्पना हो । प्रत्येक थ्री जिरो क्लबमा १२ देखी ३५ बर्ष उमेर समुहका पाँच जना युवाहरुलाई सहभागी गराईन्छ, बिश्वको जुनसुकै देश र समुदायका माथि उल्लेखित उमेर समुहका युवाहरु क्लबको सदस्य भई क्लब बनाउन सक्छन् । यसै कुरालाई मध्यनजर गर्दै ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा मिति २०८० भाद्र २८गतेका दिन थ्री जिरो क्लब सम्बन्धी भर्चुअल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष श्री आसमानी चौधरी ज्यु को सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेड, सुनिता ट्रष्ट फाउण्डेसन र ग्रामीण महिला उत्थान केन्द्रका पदाधिकारी तथा कर्मचारीहरु गरी जम्मा ५५ जनाको भर्चुअल अभिमुखीकरणमा सहभागीता रहेको थियो । जीबन बिकास लघुबित्त बित्तीय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत तथा थ्री जिरो क्लब का नेशनल कोर्डिनेटर श्री दामोदर रेग्मी र थ्री जिरो क्लबका फोकल पर्सन श्री रन्जना निरौला ले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा थ्रि जिरो क्लबमा सदस्य हुदाँ बिश्वब्यापी संजालमा सहभागी हुन पाउने, ज्ञान र सिप बिस्तार हुने, बिश्वब्यापी चुनौतीहरुको सामना गर्नका लागि संयुक्त कदम चाल्न सक्ने, आफुले गरेका उत्कृष्ट कार्यहरुको उचित सम्मान तथा पहिचान पाउने, बिश्वब्यापी प्रतिस्पर्धामा सामेल हुन पाउने, तालिमका कोर्षहरु तथा प्रमाणपत्रहरु प्राप्त गर्न सकिने लगायतका फाईदाहरुको बारेमा अभिमुखीकरण गरिएको थियो ।


कार्यक्रममा थ्री जिरो क्लब गठन गर्दा १जना प्रमुख, १जना उपप्रमुख र तिन जना सदस्यहरु रहने गरी जम्मा पाँच सदस्यीय १वटा क्लब गठन गर्ने र त्यो क्बलका सदस्यहरुको उमेर समुह बिचको अन्तर ७ बर्षको हुनुपर्ने, क्लबको प्रमुख ब्यक्तिले अनलाईनमा थ्री जिरो क्लब दर्ता फाराम भर्नुपर्ने र पेश गरेको दर्ता आबेदनको थ्री जिरो ग्लोबल सेन्टरले समिक्षा गर्नेछ र क्लब दर्ता स्विकृति गरी स्वागत पत्र प्राप्त हुनेछ भने समुहले तीन शुन्यको अवधारणालाई आत्मसात गर्दै प्रत्येक समुहले आफनो काम गर्ने क्षेत्र तीन शुन्य अन्र्तगतकोे १वटा क्षेत्रलाई समेटेर मात्रै क्लब दर्ता गर्ने बारे प्रशिक्षक दामोदर रेग्मीले सहजीकरण गर्नुभएको थियोे । यसैगरी थ्री जिरो क्लब गठन र दर्ता भईसकेपछि उनिहरुले गर्ने कार्यको लागि लक्ष्य निर्धारण गर्ने, कार्ययोजना तयार गर्न लगाउने, कार्ययोजना कार्यन्वयन गर्ने र गरेको कामको समिक्षा गर्ने साथै यस्का लागि बिभिन्न संघ संस्थाहरुले पनि ती क्लबहरुलाई सहयोग गर्न सक्ने बारे उदाहरणहरु समेत प्रश्तुत गर्नुभएको थियो ।


भर्चुअल अभिमुखीकरण कार्यक्रममा प्रयोगात्मक रुपमा बातावरण सम्बन्धी काम गर्ने १वटा थ्री जिरो क्लब गठन गरी थ्री जिरो ग्लोबल सेन्टरमा दर्ता गरिएको थियो । थ्री जिरो क्लबमा आवद्ध भएपछि उत्कृष्ट सिर्जना गरेबापत नेपालका अमित मिश्र सन् २०२३ को लागि पुरस्कृत भएको जानकारी गराईको थियो । प्रोफेसर मोहम्मद युनुसले तीन शुन्यको अवधारणा लाई संसार सिर्जना गर्ने दृष्टिकोणले नेपालमा पनि द्रुतगतीमा संञ्चालन गर्न सके यस्ले ठुलो परिबर्तन ल्याउन सक्ने भएकोले थ्री जिरो पर्सन, थ्री जिरो अर्गनाईजेसन र थ्री जिरो परिवार मार्फत काम गर्न सकिने भन्दै संस्थालाई यस्मा काम गर्न अनुरोध गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022730