थ्रि जिरो क्लबद्धारा मन्दिर सरसफाई « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

थ्रि जिरो क्लबद्धारा मन्दिर सरसफाई

Please follow & like us :)

Jan 22, 2026

थ्रि जिरो क्लबमा आवद्ध बिद्यार्थीहरुले दागं जिल्लाको प्रसिद्ध धार्मिकस्थल अम्बीकेश्वरी मन्दिरको सरसफाई गरेका छन् ।
मेरिल्याण्ड पब्लीक एकेडमीमा अध्ययनरत कक्षा ६, ७, ८, ९ र १० मा अध्ययनरत थ्रि जिरो क्लवमा आवद्ध बिद्यार्थीहरुको उपस्थीतीमा पबित्र धार्मीकस्थल अम्बीकेश्वरी मन्दिरको सरसफाई गरिएको हो ।


मेरिल्याण्ड पब्लीक एकेडमीका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षता मन्दिर ब्यवस्थापन समितिका सचिब दामोदर भुषालको प्रमुख आतिथ्यता र ग्रामीण महिला उत्थान केन्द्रका कोषाध्यक्ष मिरा चौधरीको बिशिष्ट आतिथ्यतामा शुरु भएको शुरु भएको सरसफाई कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुषालले थ्रि जिरो क्लबका माध्यमबाट कलिला बालबालिकाहरुलाई आफनो वरपरको बातावरण सफा राख्न र धार्मिकस्थलको सरसफाई गर्न सचेतना प्रदान गरेको बिद्यालय र ग्रामीण महिला उत्थान केन्द्रलाई धन्यवाद दिनुभएको थियो भने आागामी दिनमा पनि मन्दिरमा हुने सामूहिक कार्यक्रमहरुमा सहयोग हुनेछ भन्ने अपेक्षा समेत राख्नुभएको थियो ।


कार्यक्रमका बिशिष्ट अतिथि ग्रामीण महिला उत्थान केन्द्र दागंका कोषाध्यक्ष मिरा चौधरीले संस्थाले मेरिल्याण्ड बिद्यालयमा गठन गरेको थ्रि जिरो क्लब, क्लबमा आवद्ध भाईबहिनी र बिद्यालयले पनि थ्रि जिरो क्लबको अवधारणालाई अपनत्वका साथ बिद्यालयको बार्षिक क्यालेन्डरमै राखेर गतबर्षदेखी नै कामको थालनी गरेकोमा बिद्यालयका प्रधानाध्यापक र सम्पुर्ण शिक्षक, अभिभावकहरु प्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो । बिद्यालयले थ्रि जिरो क्लबका माध्यमबाट कामलाई उत्साहजनक रुपमा अगाडी बढाएको र आगामी दिनमा पनि बिद्यालय सँग जोडिएर संस्थाले काम गर्ने भनाई राख्नुभएको थियो ।


कार्यक्रममा थ्रि जिरो अर्थात ३ शुन्य, शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य खुद कार्वन उत्र्सजनको अवधारणा अन्र्तगत शुरु गरेको मन्दिर सरसफाई कार्यक्रममा सहयोग गर्ने सबैलाई बिद्यालयका प्रधानाध्यापक राजेन्द्र कुमार श्रेष्ठले धन्यवाद दिनुभएको थियो भने बिद्यालयले प्रत्येक शुक्रबारका दिन केहि न केहि काम गर्ने योजना रहेको भनाई राख्नुभएको थियो ।

बिद्यालयका थ्रि जिरो फोकल पर्सन सोनि बुढा लगायत क्लबमा आवद्ध बिद्यार्थीहरु, बिद्यालयका शिक्षक, शिक्षिकाहरु र ग्रामीण महिला उत्थान केन्द्र दागंका पदाधिकारी र कर्मचारीहरुको सहभागीता रहेको थियो । ग्रामीण महिला उत्थान केन्द्रले त्यस बिद्यालयमा थ्रि जिरो क्लब गठन गरेर काम गर्दै आईरहेको छ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

026366