डोको बाट सटरमा सरेकी बिष्णुमाया « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

डोको बाट सटरमा सरेकी बिष्णुमाया

Please follow & like us :)

September 25, 2023:
दुब्लो शरिर, खिसिक्कको मिठो हाँसो, पसलमा बस्दा सामान बिक्री गर्न भ्याई नभ्याई छ, पालो दिने कोहि छैन, तर पनि बिष्णुमाया बोहरालाई आफ्नो काम गर्ने भनेपछि निक्कै आनन्द लाग्छ । घोराही–१५ बिद्युत कार्यालय अगाडि फलफूल ब्यवसाय गर्दै आएकी बिष्णुमायालाई कामले बाँच्न सिकायो, कामले नै घरपरिवारमा सम्मान दिलाया,े त्यहि भएर काम गर्दा बिष्णुमायालाई थकाई लाग्दैन, बरु पसलमा भिडभाड नहँुदा तनाव हुन्छ । “संघर्षमा बितेको जीवन संघर्षमै बित्ने रहेछ, माईती छँदा पनि आफ्नो पाखुरा खियाउनै पथ्र्यो, अहिले पनि आफनो दुःख कहि गएको छैन्” बिष्णुमायाले सुस्केरा हाल्दै सुनाउनु भयो ।
घोराही–१६, रावतगाँउ निवासी बिष्णुमायाको बिगत निक्कै कष्टकर थियो, बिरामी हुँदा समेत औषधी उपचार गर्ने पैसा हुदैन थियो । छरछिमेकसँग सरसापटी माग्दा समाजले पत्याउँदैन थियो । बेरोजगार श्रीमान् बुढा सासु ससुरा, पढ्ने छोरा, पैसा आउने ठाँउ कतै थिएन, गुजारा चलाउन निक्कै गाह्रो थियो । समय बित्दै जाँदा २ कक्षा सम्म पढेकी बिष्णुमायाले सहकारीमा पैसा उठाउने काम पाउनुभयो । महिनाभरी काम गरेर १५ हजार रुपैंयाँ आउथ्यो, त्यो पैसाले घरको खर्च धान्नै गाह्रो हुन्थ्यो । यो काम गर्दै गर्दा बिष्णुमायालाई आफ्नो काम गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो ।

बिष्णुमायाको आमाजु दिदि लघुबित्त समुहमा बस्नु भएको रहेछ, त्यो थाहा पाएपछि बिष्णुमायाले पनि समुहमा बस्ने ईच्छा ब्यक्त गर्नुभयो । घरपरिवारले यो कुरामा सहमति दिएन् तर पनि बिष्णुमायाको आत्मनिर्भर बन्ने तिव्र ईच्छा थियो । त्यसैले घरपरिवारलाई थाहै नदिएर बि.स.२०७१ सालमा ग्रामीण महिला उत्थान केन्द्रले निर्माण गरेको प्रगती महिला उत्थान केन्द्रमा आवद्द हुनुुभयो । गाँउघरमा पैसा सापटी माग्दा आनाकानी गर्थे, तर समुहमा बसेपछि पहिलो पटक बिना धितो ग्रामीण महिला उत्थान केन्द्रले १५ हजार रुपैयाँ कर्जा दियो, यो देखेर बिष्णुमाया निक्कै खुशी हुनुभयो । त्यसपछि १५ हजार रुपैयाँले डोको भरी फलफूल बोकेर बिक्री गर्न थाल्नुभयो ।

डोकोबाट शुरु गरेको फलफूल ब्यापार कहिले मकै पोल्ने, कहिले तरकारी बिक्री गर्ने कहिले बदाम भुटेर बिक्री गर्ने अर्थात सिजनमा जे भेटिन्छ त्यहि वस्तुको ब्यापार गर्न थाल्नुभयो । ब्यापारले पैसा बढाउँदै लग्यो, अनि बिण्णुमायाको आत्मविश्वास पनि बढ्दै गयो । मासिक १५ हजार रुपैयाँ भाडा तिरेर बिष्णुमायाको फलफूल पसल अहिले डोकोबाट सटरमा स्तरोन्नती भएको छ । उनको ब्यवसायमा मासिक रु.१५ लाखसम्मको कारोबार हुने गरेकोमा, सम्पूर्ण खर्च कटाएर मासिक ४० देखि ५० हजार रुपैयाँ सम्म खुद आम्दानी हुने गर्दछ । बिण्णुमायाले बेरोजगार श्रीमान्लाई वित्तीय संस्थाबाट रु.२ लाख ५० हजार कर्जा लिएर बैदेशिक रोजगारमा पठाउनुभयो । बिदेशिएका श्रीमान्ले बिदेश जाँदा लागेको खर्च बाहेक १ रुपैयाँ बढी पैसा पठाउनु नै भएन । आजभोलि त फोन सम्पर्क पनि गर्नुहुदैन तर पनि बिण्णुमायाले तिनै श्रीमान्का बुवा आमालाई स्याहार सुसार गरिरहनु भएको छ । २०६८ सालमा भागेर बिबाह गरेकी बिष्णुमायाको दःुख अझै पनि संघर्षमै बितिरहेको छ ।

बिण्णुमायाले घोराहीमा १ वटा घडेरी किन्नुका साथै ६ कक्षामा पढ्ने छोराको खर्च, सासु ससुराहरुको औषधी उपचार, चाडपर्व, पाहुना धान्ने सबै खर्च त्यहि पसलको आम्दानीबाट गर्दै आइरहनुभएको छ । कर्जाको सहि सदुपयोग गर्न जान्नुपर्छ अनि मात्र सफल भईन्छ, तर आजभोलि कुरै नबुझेर लघुवित्तका बिरुद्ध आन्दोलन गरेको देख्दा आफूलाई दिक्क लागेको बिण्णुमायाले बताउनुभयो । उनको घोराही बजारकै ठूलो सफल महिला फलफूल ब्यापारी बन्ने योजना रहेको छ ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

020485