छात्रबृत्ति वितरण कार्यक्रम « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

छात्रबृत्ति वितरण कार्यक्रम

Please follow & like us :)

June 14, 2024

ग्रामीण महिला उत्थान केन्द्र दाङ र मेटलाईफ ईन्सोरेन्स काठमाण्डौको साझेदारीमा मिति २०८१ जेष्ठ ३१ गतेका दिन घोराही उपमहानगरपालिका १० नारायणपुरका १५जना सिकलसेल प्रभावित बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरिएको छ ।
ग्रामीण महिला उत्थान केन्द्र दाङका अध्यक्ष आसमानी चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सिद्धरत्ननाथ उ.मा.बि., जनजागृती माध्यामिक बिद्यालय, लिटिल भ्याली, पद्मोदय पब्लीक उ.मा.बि., महेन्द्र बहुमुखी क्याम्पस, स्वर्गद्धारी बोर्डीङ, ग्रेट बुद्ध एकेडमी लगायतका बिद्यालयमा यु.केजी. देखी स्नातक तहसम्म अध्ययनरत बालबालिकाहरुलाई छात्रबृत्ति बितरण गरिएको हो ।

संस्थाका कोषाध्यक्ष मिरा चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा छात्रबृत्ति प्राप्त गर्ने छात्रा अस्मीता चौधरीले, संस्थाले सिकलसेल क्याम्प राखेर रोग पत्ता लगाईदिएकोमा संस्थालाई धन्यवाद दिनुभएको थियो, रोग पत्ता लागेपछि हामीजस्ता पढदै गरेका १५ जना सिकलसेल प्रभावितहरुका लागि शैक्षिक सामाग्री उपलब्ध गराएर ठुलो गुण लगाएको भन्दै संस्थालाई हृदयदेखी नै धन्यवाद सहित आभार ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सिकलसेल प्रभावित ६बर्षिय पोषण चौधरीका आमा सबिता चौधरीले संस्थाले बालबालिकाहरुको शैक्षिक क्षेत्रमा योगदान पुर्याएको भन्दै अत्यन्त खुसीका साथ संस्थाको उत्तरोउत्तर प्रगतीको कामना गर्नुका साथै बालबालिकाहरुलाई भबिष्यमा पनि छात्रबृत्ति उपलब्ध गराएर सहयोग गरिदिनका लागि अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै संस्थाका एच.बि.थापाले छात्रबृत्तिले बिद्यार्थीहरुको शैक्षिकस्तरमा प्रोत्साहन मिलोस्, बिद्यार्थीहरुको पढ्ने लगनशिलता सँगै भबिष्य सुनिश्चीत होस् भनेरै संस्थाले बालबालिकाहरुको शिक्षामा लगानी गरेको भनाई राख्नुभएको थियो । यसैगरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आसमानी चौधरीले “आत्मनिर्भर र सशक्त समाजको सिर्जना गर्ने” उद्देष्यले स्थापना भएको यस संस्थाले स्वास्थ्यको क्षेत्रमा पनि कार्य गर्दै आईरहेको भनाई राख्नुभएको थियो ।

संस्थाले मिति २०८० सालमा आयोजना गरेको सिकलसेल रोगको चेकजाँच बाट ४१ जना प्रभावितहरुको पहिचान भएको मध्ये १५जना बालबालिकाहरुको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने उद्देष्यले छात्रबृत्ति बितरण गरिएको थियो भने अन्यलाई सिलाईकटाई, ब्युटीपार्लर, तरकारी खेती तालिम र पशु तथा स्रोतको उचित ब्यस्थापन तालिम पनि प्रदान गरिएको छ।
छात्रबृत्ति बितरण कार्यक्रममा बिद्यालय पोशाक, स्कुल ब्याग, कापी, कलम, क्यालकुलेटर, जमेट्री बक्स सहितको सामाग्री प्रदान गरिएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका पार्वती बस्नेतले गर्नुभएको थियो ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022755