खसी बाख्रा बजारीकरणका लागी सहकारी र ब्यवसायी विच बैठक
November 3, 2021, Ghorahi-15:
ग्रामीण महिला उत्थान केन्द्र दाङको साझेदारी र हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा दाङ, सल्यान र प्युठान जिल्लमा संचालन भइरहेको पशु वस्तुको मूल्यश्रंखलामा आधारित साना किसानहरुको संस्था सवलिकरण परियोजना SLVC-II, दाङको घोराही, लमही, प्युठान जिल्लाको बड्डाडाँ र सल्यान जिल्लाको लुहाममा गरी ४ स्थानमा बैठक सम्पन्न भएको छ ।
नेपालीहरुको महान चाड दशैं, तिहार, छट पर्वका लागी जिउदो खसी बोका तौल गरी विक्रि वितरण गर्ने अभियानको रुपमा दाङ जिल्लाको घोराहीमा कार्यक्रमको आयोजना गरीएको थियो कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष श्री आशमानी चौधरी ज्यु को अध्यक्षतामा घोराहीमा खसी मासु विक्रि गर्ने ब्यवसायीहरु र खसी बोका उत्पादन गर्ने सहकारीका संचालक सदस्यहरुको उपस्थीतीमा सम्पन्न गरीएको थियो ।

ग्रामीण महिला उत्थान केन्द्र द्धारा सहयोग गर्दै आएको सामाजिक उद्यमी महिला सहकारी संस्था लि. का उद्यमी सदस्यहरुले उत्पादन गरेको जिउदो खसी बोकाको बजारीकरण गर्न संस्थाले मासु ब्यवसायी, सहकारी उद्यमी किसानहरु लाई एउटै मञ्चमा राखेर जिउदो मूल्य निर्धारण गरेको छ ।

दाङमा जिउदो खसी बोकाको मुल्य निर्धारण गर्दा २५ देखी ३० के.जी. सम्म ५२० रुपैयाँ, ३१ देखी ३९ के.जी. सम्म ५३५ रुपैयाँ र ४० देखी माथीका खसीको रु. ५४० रुपैयाँ निर्धारण भएको छ । ४ स्थानमा भएको मासु ब्यवसायी, सहकारी र उत्पादक सदस्यहरु विचको छलफल बैठक ५७ जनाको उपस्थीतीमा सम्पन्न भयो जसमा १६ जना खसी मासु ब्यवसायीहरु र १२ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थाका ४१ जना महिला दिदिबहिनीहरुको उपस्थीती रहेको थियो । गत आ.ब.मा यी १२ वटा सामाजिक उद्यमी महिला सहकारीबाट जम्मा ६०९० वटा खसी बोका विक्रि गरी ७,७४,१८,०४८ रुपैयाँको कारोबार गरेको थियो र सहकारीबाट खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीसंग पनि बर्षेनी बिक्रि गरिरहेको छ ।