कृषि पेशामा आर्कषित हुुदै गढवाबासी « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

कृषि पेशामा आर्कषित हुुदै गढवाबासी

Please follow & like us :)

गढवा गाँउपालिका वडा नम्बर ८, कोईलाबास डाँडागाँउका महिलाहरु अहिले संगठित हुन थालेका छन् । घरको कामकाज भ्याएर फुर्सदमा बस्ने गरेका दिदिबहिनीहरुलाई अहिले बाख्रापालन सहित बिबिध तालिमहरु सिक्न भ्याई नभ्याई छ ।

यसरी आफूहरु संगठित भएर आय आर्जनका सवालमा काम गर्न थालेको र परिवारलाई समेत आर्थिक रुपमा सबल बनाउनका लागि काम गर्न प्रेरित गराएको हो भन्नुहुन्छ गढवा गाँउपालिका वडा नम्बर ८, कोईलाबास डाँडागाँउ निवासी अन्नत कुमारी चौधरी, चौधरी ग्रामीण महिला उत्थान केन्द्र दाङ, गढवा गाँउपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित गढवा कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी परियोजनाबाट गठन भएको लालीगुराँस उद्यमी महिला समुहको अध्यक्ष हुनुहुन्छ ।

२५ जना सदस्य रहेको उक्त समुहका दिदिबहिनीहरुले मासिक बचत उठाउँदै आउनु भएको छ । बचत सँगै परियोजनाबाट पाएका बिभिन्न तालिमहरुले आफूहरुलाई जीबन जिउन सिकाएको र बर्षौ पछि अहिले आएर स्थानिय जनताको दुःखलाई सुखमा परिणत गर्नका लागि स्थानिय सरकार छ भन्ने नजिकबाट महशुस गर्न पाएको समुहका अध्यक्ष अन्नत कुमारी चौधरीले बताउनु भयो ।

चौधरी जस्तै खुसी हुनुहुन्छ गढवा गाँउपालिका वडा नम्बर ५, सिमलतारा निवासी साबित्रा राना, उनको गोठमा अहिले २६ वटा बाख्रा छन् । श्रीमान् र २ छोरी रहेका रानालाई आफू आत्मनिर्भर बन्नु पर्छ भन्ने सोंचका साथ अहिले परियोजना अन्र्तगत गठन भएको सिमलतारा उद्यमी महिला समुहमा आवद्ध हुनुुभएको छ । समुहमा आवद्ध भई पशुको उचित व्यवस्थापन तालिमबाट प्राविधिक ज्ञान प्राप्त गरि रानाले बाख्रापालन व्यवसाय गर्ने बताउनु भयो । अहिले उनले परियोजनाबाट बाख्रा नमुना खोर निर्माणका लागि ७५ हजार रकम अनुदान स्वरुप प्राप्त गरेकि छिन ।

नमुना खोर निर्माणका लागि अनुदान पाउने, गढवा गाँउपालिका वडा नम्बर ६, मतपुर पिपलडाँडा निवासी सरला हमाल पनि हुनुहुन्छ । उहाँको खोरमा अहिले ४१ वटा बाख्राहरु रहेका छन् । हरियाली उद्यमी महिला समुहको सदस्य रहेकी हमालको आय आर्जनको मुख्य स्रोत भने कै बाख्रापालन हो ।

बाख्रापालनका साथै अन्य कृषि पेशामा तल्लीन रहेका हमाल परिवार, समुदायमा परियोजना सञ्चालन भए पश्चात धेरै विषय वस्तुहरुको वारेमा ज्ञान तथा सीप हासिल गरि आफूहरु सक्षम हुन थालेको हमालको भनाई छ । गढवा गाँउपालिकाका महिला तथा युवाहरुको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि स्थानिय स्रोत र साधनको अत्यधिक प्रयोग गरि परियोजना सञ्चालन हुदै आएको छ । यसै परियोजनाबाट ८ जना विपन्न परिवारलाई जनही ७५ हजारका दरले जम्मा रु. ६ लाख रुपैया नमूना खोर निर्माणका लागि अनुदान सहयोग गरिएको छ भने ७९ जना विपन्न तथा गरिब परिवारलाई जनही २० हजारका दरले रु. १५ लाख ८० हजार रुपैया सुधारिएको बाख्रा खोर निर्माणका लागि अनुदान रकम हस्तान्तरण गरिएको परियोजना संयोजक बसन्त कुमार शर्माले जानकारी दिनु भयो ।


गढवा गाँउपालिका वडा नम्बर ७, मोतीपुरमा गठन गरिएको सरस्वती उद्यमी महिला समुहका २२ जना र गढवा ५, प्रनाहा कोशेली उद्यमी महिला समुहका १२ जनालाई तरकारीको स्रोत केन्द्रको रुपमा विकास गरी नमुना स्रोत केन्द्रको रुपमा स्थापित गर्न परियोजनाबाट प्रविधि हस्तान्तरणसँगै ७ लाख ५५ हजार ८ सय रुपैयाँ अनुदान सहयोग गरिएको छ ।

परम्परागत तरिकाबाट तरकारी खेती गर्दै आएका सरस्वती समुहका दिदि बहिनीहरुलाई अहिले परियोजनाबाट प्राविधिक ज्ञान, सीप, टर्नेल निर्माण, थोपा सिचाँई, बिउ बिजन लगायतका सामाग्रीहरु सहयोग उपलब्ध गराएको समुहका अध्यक्ष रिता चौधरीले बताउनु भयो ।

प्राविधिक ज्ञान र सीप सँगै उत्पादित बस्तुलाई बजारीकरणको लागि अध्यक्ष चौधरीले अनुरोध गर्नु भयो । हाम्रो देश कृषि प्रधान भएता पनि ब्यवसायिक उत्पादनमा जोड नहुनु र उत्पादित बस्तुले बजार नपाउँदा अधिकांश कृषकहरुमा निरासा छाउँदै आउँदा बहु संख्यक युवाहरु बिदेसिनु पर्र्ने बाध्यता रहेको छ । तर अहिले यस परियोजना सञ्चालन भएपछि त्यस क्षेत्रमा आर्थिक तथा सामाजिक सशक्तिकरण हुन्छ भन्ने पूणर् विश्वासका साथ सरोकारवालाहरुको चासोको विषय बनेको छ ।

click the following links for news

https://gorkhapatraonline.com/news/71736?fbclid=IwAR2ZACzlBe6LImir6QovPgaAkZIYWkmWxJJmwiK6sTtDby3pVmCrwyJKwjE

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022756