आर्थिक ब्यवस्थापनका लागि वित्तीय साक्षरता
November 21, 2023:
राप्ती गाउँपालिका — ८ पिपरि स्थित कृषक महिला सदस्यहरुलाई बित्तीय साक्षरता तालिम प्रदान गरिएको छ, तालिमपछि त्यस समुहका सदस्यहरुले ब्यवस्थीत तरिकाले आम्दानी र खर्चको रेकर्ड राख्नुका साथै पैसा बचत गर्नुपर्छ भन्ने पनि सिकेका छन् । ग्क्ब्क्ष्म् को आर्थिक तथा ष्म्भ् नेपालको प्राबिधिक सहयोग र ग्रामीण महिला उत्थान केन्द्र दाङको सहकार्यमा दाङ जिल्लाको पाँचवटा पालिकामा संचालन भइरहेको च्भएीब्ल्त् परियोजना अन्तर्गत राप्ती गाउँपालिका — ८ पिपरिका ३० जना महिला कृषकहरुलाई एक दिने बित्तीय साक्षरता तालिम दिईएको हो ।
१५ बर्ष अगाडि देखि नै ग्रामीण महिला उत्थान केन्द्र दागंमा आवद्ध कृषकहरुलाई सो तालिम प्रदान गरिएको हो । सदस्यहरुले पैसा बचत गर्दै समुहबाट कर्जा माग गरि थोरै कर्जाबाट तरकारी खेति, बङ्गुरपालन, भैंसीपालन लगायतका व्यवसाय गरि आत्मनिर्भर हुनुभएको छ । बित्तीय साक्षरता तालिम पाएपछि पैसा बचत गर्ने मात्र नभएर महिनाभरि कमाएको आम्दानीको स्रोतलाई बढाउदै अत्यावश्यक तथा फजुल खर्चलाई पहिचान गरी अभिलेख राख्न सक्ने भएको, परिवारका सबै सदस्यहरु बसेर समीक्षा गर्न थाल्नुभएको छ ।
भबिष्यलाई सम्झेर आजैदेखि पैसा बचत गर्दै जाने बताउदै बित्तीय साक्षरताको तालिमले आफू र आफ्ना परिवारका सदस्यहरुमा फजुल खर्च कम र बचत गर्ने बानिको बिकास गरी घरपरिवारलाई खुशी र सुखी बनाउनका लागी यो तालिमले महत्वपुर्ण भुमिका खेलेको सदस्य हिरामणी चौधरीले बताउनुभयो । संस्थाले तालिमको आयोजना गरेर हामीलाई धेरै कुरा सिक्ने अबसर दिएकोमा संस्था र परियोजना प्रति सहभागीहरुले धन्यवाद दिएका छन् ।