आत्मनिर्भर भएर बाच्ने कला सिकेकी धना
नारायण बिबस
धना वलीलाई धन कमाउने धन्दाले भ्याइनभ्याइ बनाएको छ । किराना पसल, बाख्रा फर्म, होटल र फ्रेस हाउस सन्चालन गर्दै आएकी धना बिहानदेखि बेलुकासम्म क्रियाशील देखिन्छिन ।
राजपुर गाउँपालिका वडा नंं.१ कटबेरुवाकी धनाले आफ्नै गाउँघर देबिथान चोकमा किराना पसल र होटल चलाउदै आएकी छिन । ४ बर्ष अघिदेखि किराना पसल चलाउदै आएकी धनाले ५० हजार रकम लगानी गरी शुरुवात गरेको बताइन । क्रमीक रुपमा पुजी बढाउदै गर्दा अहिले पसलको मुल्याङकन गर्ने हो भने ९ लाख जति होला धनाले भनिन् ।
पसलमा अहिले दैनिक पन्ध्र्र÷बीस हजार रुपैया सम्मको कारोबार हुने र त्यसबाट १० प्रतिशत सम्म फाइदा हुन्छ धनाले भनिन् ।
त्यसोत धनाको अर्काे कारोबार होटेल रेस्टुरेन्ट हो । चिसो पेय पदार्थ, मासु मदीरा र चीया नास्ताको ब्यबसाय पनि उत्तीकै चल्छ । यो ब्यबसाय पनि आम्दानीको श्रोत बनेको छ धना भन्छिन् ।
त्यसोत धनाको पहिलो ब्यबसायपसल र होटल हो भने दोस्रो ठूलो ब्यबसाय बाखा्र फर्म हो ।ब्यबस्थीत खोर र दाना पानीको उचित ब्यबस्थापन भएको धनाको ब्रख्रा फर्ममा अहिले ७० जीउ बाख्रा छन् । उन्नत जातको बोयर बोका एउटा, जमुनापारी क्रस एउटा समेत २ वटा बोका, तयारी खसी दुई वटा माउ बाख्री ४० र अन्य पाठा पाठी २२ रहेका छन् धना वलीले भनिन् ।
बोयर, जमुनापारी , खरी र लोकल गरी ४ जातका खसी बाख्रा पाल्ने गरेको पनि धनाले बताइन । उन्तत तथा क्रस माउहरुले १ बेतमा २ वटा बच्चा दिने हुदा बगाल पनि छिटै बढने धनाको अनुभव छ । गाई भैसी पाल्न भन्दा बाख्रा पालन अलि सजिलो हुने भएकाले यसतर्फ आकर्षित भएको हु धनाले भनिन् । गाई भैसी पालन भन्दा यसमा समय, श्रम र पालन पोषणमा कम लगानी हुने तथा बजारको समस्या नहुने भनाले प्रस्ट पारिन् । बरान, मकै गहु मिक्स गरेर दाना घरमानै बनाइन्छ घास पातलाइस् पनि समस्या छैन वलीले भनिन् ।
बाख्रा पालन ब्यबसायबाट हुने आम्दानीको एक एक हिसाब राख्ने नगरेपनि बर्षेनी ५ लाख जती कमाइ र १ लाख जती खर्च हुदो होला , धनाले बाख्रा पालनको अनुमानीत आयब्यय सुनाइन । त्यसोत धनाको अर्का ब्यबसाय फे्रस हाउस पनि हो । आफुले कुखुरा पालन नगरेपनि अनेत्रबाट ज्यूदो कुखुरा किनेर ल्याइ बिहान बेलुका मासु विक्री गर्ने गर्छिन् । यी सबै कामका लागी श्रीमानको साथ सहयोग रहेको छ धनाले भनिन् ।
ग्रामीण इलाकामा यती धेरै ब्यबसायमा हात हाल्नु धनाको लागी चानचुने कुरा थिएन, आर्थिक लगानी गर्नै पैसा उनका लागी चुनौती थियो । दुर्गम गाउँमा बसेको मान्छेलाई शहर बजारका बैङ्कहरु मागे र जग्गा धितो राखेर कर्जा लिनु चुनौती नै थियो धनालाई । लगानीकै मेसोमा धनाले भनिन्— म धेरै बर्ष देखि ग्रामीण महिला उत्थान केन्द्र सीत जोडिएकी थिए, बगैचा महिला उत्थान केन्द्र १०२ को २ नम्मर समुहमा आबध्ध भइसकेकी थिए यसले मलाई कर्जा लिन सहज बनायो ।
धनाले अगाडि भनिन्— बाख्रा पालनका लागि मैले ३ लाख रुपैया माग गरे, ग्रामीण महिला उत्थान केन्द्रबाट प्रबर्धन गरिएको आत्मनिर्भर लघुबित्त बित्तीय सस्थाबाट बिना धीतो ३ लाख रुपैया तुरुन्तै पाए जुन रकम मैले आधुनीक खोर ब्यबबस्थापनमा लगानी गरे । त्यसोत धनाले यस अघि पनि पसलमा लगानी गर्दा थोर थोरै कर्जा लीदै तीर्दै गरेर बित्तीय सस्थाको मन जीतेकी रही छन् । धनाले भनिन् — ‘आत्मनिर्भर लघु बित्त बित्तीय सस्थाले दिएको कर्जाले साच्चीकै मलाई आत्मनिर्भर भएर जीउने कला सीकाएको छ ।
-नारायण बिबस