अन्नबाली भण्डारणको कडी पिक्स ब्याग « Rural Women Development Center
  • TELEPHONE 82-560837
  • EMAIL ADDRESS rwdcnepal17@gmail.com
  • ADDRESS Ghorahi, Dang

अन्नबाली भण्डारणको कडी पिक्स ब्याग

Please follow & like us :)

October 2, 2023:
अन्नबालीलाई सुरक्षित तरिकाले भण्डारण गर्न पाउँदा राप्ती—७ छोट्कि सिसहनियाका कृषकहरु खुशी भएका छन् । वर्षेनी बिउ बिजनमा किरा लागेर सास्ती ब्यहोरिरहेका कृषकहरु पिक्स ब्यागको फाईदा ,महत्व र शत प्रतिशत उमार्ने शक्ति छ भन्ने कुरा थाहा पाईसके पछि उनिहरुले पिक्स ब्याग नै प्रयोग गर्न थालेका छन् ।

USAID आर्थिक सहयोग तथा iDE नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दाङको सहकार्यमा दाङ जिल्लाको पाँचवटा पालिकामा सञ्चालन भईरहेको च्भएीब्ल्त् परियोजना अन्तर्गत राप्ती गाउँ पालिका —७ छोट्कि सिसनिया स्थित धेरै कृषकहरुले घरघरमा PICS bag प्रयोग गर्दै आएका छन् ।

सुरक्षीत तरिकाले अन्न बालि भण्डारण गर्न पाउँदा कुषकहरुमा एक प्रकारको खुशी छाएको छ । बिगतका वर्षहरुमा गहुँ, मसुरो चना, मकै, चामल जस्ता चाँडै किरा लाग्ने अन्नबालीलाई सुरक्षित तरिकाले भण्डारण गर्न नपाउँदा विषादीको प्रयोग गर्नुपथ्र्यो । बिउँको उमार शक्तिमा ह्रास आई सोचेजस्तो उत्पादन नहुदा किसानहरुमा खिन्नता छाएको थियो । छोट्कि सिसनिया स्थित ५० वर्षिय जनक चौधरीले अघिल्लो वर्ष अन्नबालिको बिँउ प्लाष्टिकको ड्रममा राख्ने गरेको र एकैपटक छर्ने बेला हेर्दा आधा अन्न बालिमा घुन पुतली लागेर नोक्सान हुने र खेत बारिमा छर्दा सबै नउम्रने हुदा घाटा ब्यहोर्नु परेको थियो ।

यस वर्ष पिक्स ब्यागमा गहुँ, मास र मसुरो राखेका जनकले बेला बेलामा पिक्स ब्याग हेर्ने गरेको र अन्नवालीमा कुनै क्षति नभएकोले यो ब्याग किसानहरुका लागि फलदायि रहेको भन्दै थप ब्याग किनेर अन्य बालिहरु पनि भण्डारण गर्ने बताउनु भयो ।

ग्रामीण महिला उत्थान केन्द्रको समुहमा बिगत १२ वर्ष देखि आबद्ध हुनुभएकी छोट्कि सिसहनिया स्थित भगवति चौधरीले एष्अक द्यबन किनेर चामल राख्नुभएको छ । घुन र चिलेसा लागेर भात खादा चामलको स्वाद नै हराउँथ्यो, अहिले ६ महिनालाई पुग्ने चामल एकैपटक कुटाएर पिक्स ब्यागमा राख्न थालेका छौ भन्नुहुन्छ भगवती चौधरी ।

पिक्स ब्यागमा गहुँ राखेर आफु ढुक्क भएकोे बताउदै अरु बोरामा राख्दा बाहिरबाट प्वाल पर्ने,अन्नबालिको गन्ध पाएर मुसाले टोक्ने, स्याउँ स्याउँ किरा लाग्ने हुन्थ्यो यस्मा ३ वटा खण्ड भएको र यसमा कुनै गन्ध, घुन, पुतली नलाग्ने र मुसाले पनि नकाट्ने भएकाले अन्न बालि, बिँउ सुरक्षीत हुने सन्तोषी चौधरीको भनाई छ । बिउँ बिजन भण्डारणका लागि मात्रै नभएर खाद्यान्न सुरक्षित, सफा र स्वादिलो हुने भएकाले पनि त्यस समुदायका अन्य सदस्यहरुले थप पिक्स ब्याग किन्ने योजना बनाएका छन् ।

Please follow & like us :)


© Rural Women Development Center.

Total Visitors

022756